
धनगढी – कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा आज गाडीले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको छ ।
बा १८ च ५८२९ नम्बरको नवीन दाना पोल्ट्रीफर्मको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दादेवी नाथको ज्यान गएको हो ।
गाडीको ठक्करबाट घाइते उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पैदल यात्री वृद्धालाई आज दिउँसो गाडीले ठक्कर दिएको थियो ।

