
धनगढी । भुवन दाहाल र विष्णु माझीको आवाजमा रहेको साइपालका किल्ला देउडा गीत सार्वजनिक भएको छ ।
शिखर आर्ट धनगढी नामक युट्युव च्यानलबाट सोमबार गीत सार्वजनिक गरिएको हो ।
राजकुमार जोशीले निर्माण गरेको उक्त गीतमा लेखन र संगित विरेन्द्र खड्काको रहको छ ।
गीतमा भवानी रेग्मी र टिकटक स्टार सुस्मिता चाैलागाईले अभिनय गरेका छन् । उक्त गीतकाे निर्देशक पनि रेग्मी नै रहका छन् ।