Advertisement

आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

Advertisement

बझाङ : आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानव अधिकारबारे विश्वव्यापी घोषणा गरिएका वाचाहरु पूरा गरौँ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम हुँदैछन्।

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच  पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन मानिन्छ । तर, पारिवार तथा समाजबाट नै ज्येष्ठ नागरिक अपहेलित हुने क्रम बढेको छ । बुढ्यौलीले छुँदै गए पछि शरीर कमजोर हुँदै जाने र विभिन्न रोग लाग्ने हुन्छ ।

ज्येष्ठ नागरिक शारीरिक र मानसिक रुपमा स्वस्थ रहन घर, परिवार र समाजको सहयोग निरन्तर हुनुपर्नेमा डाक्टरले जोड दिएका छन् । ज्येष्ठ नागरिकका कुरा सुन्न र उनीहरुसँग भलाकुसारी गर्न ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर रमेश कँडेलको सुझाव छ ।

यस्तै, ज्येष्ठ नागरिकले पनि आफूलाई स्वस्थ राख्न खानपानसँगै सामाजिक गतिविधिलाई बढाउनुपर्ने उहाँको सल्लाह छ ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सा...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्न...
काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौँ– नेपाली काँग्रेस रौतहटका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ। उनको पचारका क्रममा गएराति २:५८ बजे काठमाडौँ मेडिकल क...
बझाङमा ५४२ नयाँ मतदाता थप

बझाङमा ५४२ नयाँ मतदाता थप

बझाङ -आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानअन्तर्गत बझाङमा ५ सय ४२ जना...
देशभर मौसम सामान्य, कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ- हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका ...
बझाङमा मदिरा नियन्त्रणमा तीन दशकको संघर्ष, पालिकाको कानुनले बल्ल पायो सार्थकता

बझाङमा मदिरा नियन्त्रणमा तीन दशकको संघर्ष, पालिकाको कानुनले बल्ल पायो सार्थकता

न्यून गुणस्तरको मदिराका कारण जिल्लाको शान्ति सुरक्षा मात्रै नभई जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै प्रतिबन्ध लगाउने निर...
भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज